पहिलोपटक चेपाङ बस्तीमा पेल्ट्रिक सेटमार्फ बिजुली बत्ति

काठमाडौँ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका, ९ स्थित चेपाङ समुदायकोमा पहिलोपटक पेल्ट्रिक सेटमार्फत बिजुली बत्ति बालिएको छ । पार्सिवाङ रुन्चेवुङको बासिन्दा बिजुली बाल्न पाउदा खुसी भएका छन् ।

सीमान्तकृत चेपाङ समुदायको सङ्ख्या धेरै रहेको वडामा नेपाल विद्युत् प्राधिकरणको लाइन हालसम्म जडान हुन नसक्दा उक्त सेटमार्फत बिजुली बत्ति बालिएको सो गाउँपालिकाले जानकारी गराएका छन् । नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा नभएकाले त्यहाँका चेपाङहरुले सल्लोको दियालो बालेर घरमा उज्यालो पार्दै आएका थिए । गाउँमा बत्ति बाल्न पेल्ट्रिक सेट शुभारम्भ गरिएपछि चेपाङका घरको अँध्यारो हटेर उज्यालो भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले बताइएका छन् ।

२३ लाखको लागतमा सामुदायिक सशक्तिकरण तथा स्थानीय न्याय सञ्जाल र गाउँपालिकाको आर्थिक सहयोगका साथै स्थानीयवासीको श्रमदानमा ४ किलोवाट क्षमताको पेल्ट्रिक सेट सञ्चालनमा ल्याइएको बताएका छन् । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिका भरिमा २० वटा पेल्ट्रिक सेट सञ्चालन भइरहेको जानकारी गराएका छन् ।

पेल्ट्रिक सेटका लागि उक्त सञ्जालले १३ लाख सहयोग गरेकामा गाउँपालिकाले ६ लाख र बाँकी ४ लाख बराबरकोे स्थानीयवासीले श्रमदान गरेका थिए । अघिल्लो वर्ष पुस महिनादेखि निर्माण सुरु गरिएको निर्माण कार्य १६ महिनामा सम्पन्न भएको उक्त सञ्जालका कार्यकारी निर्देशक प्रवीन्द शाक्यले भनेका छन् । अध्यक्ष मल्लका अनुसार गाउँमा अहिलेसम्म विद्युत् प्राविधिकरणमार्फत विद्युत् सेवा नपुगेकाले गाउँपालिकाले नै यस्ता केही स्थानमा पेल्ट्रिक सेट जडान गरेर बत्ति बालिएको बताए ।