काठमाडौं महानगरपालिका वडा नं. ३१ का लागि कांग्रेसले वडा अध्यक्ष उम्मेदवार नै पाएन

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिने कार्यकर्ताहरुको लिगेलिगे दौड हुँदा काठमाडौं महानगरपालिका वडा नं. ३१ को वडा अध्यक्षका लागि नेपाली कांग्रेसले भने उम्मेदवार नै पाउन सकेको छैन । गएको स्थानीय तहको निर्वाचनमा नराम्रोसँग हार खाएको नेपाली कांग्रेसका उम्मेदारलाई नै यस पटक पनि उम्मेदवार बनाउने योजनामा रहेको छ ।
वडा समितिमा कांग्रेस भित्र राम्रा मान्छे नपाएपछि वाध्य भएर पुरानै हरुवा उम्मेदवारलाई उठाउन लागिएको देखिएको छ । तर सो वडामा क्रियाशील कार्यकर्ताहरु भने पुराना भन्दा पनि नयाँ पुस्तालाई निर्वाचनमा उम्मेदवार बनाउने लविङ्ग गरिरहेका छन् । कांग्रेसले नयाँ पुस्तालाई जिम्मेवारी नदिएकै कारण अघिल्लो निर्वाचनमा हार खाएकाले आसन्न निर्वाचनमा भने नयाँ र युवा पुस्तालाई उम्मेदवार बनाउन सके निर्वाचित निश्चित हुने युवा कार्यकर्ताहरुको दावी छ ।