भाग्य चम्केपछि स्पेनको राजदूतको सिफारिसमा पनि परिन् शर्मिला पराजुली

काठमाडौं । ‘भाग्यमा भए डोकामा दूध दुहे पनि अड्छ’ भन्ने उखानको चरितार्थ प्रमाणित गरिदिएकी छिन् पटक पटक राजदूत बन्न सफल म्यानपावर व्यवसायी शर्मिला पराजुलीले । नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठवन्धन सरकारले पराजुलीलाई स्पेटका लागि राजदूत नियुक्ति गरेसँगै उनको भाग्यमा राजदूत नै लेखेको देखिन्छ । ओमानका लागि राजदूतको जिम्मेवारी सम्हालेर केही समयअघि फर्केकी शर्मिला पराजुली ढकाल स्पेनको राजदूतमा सिफारिस भएकी हुन् ।

पाँच वर्षअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ओमानको राजदूत नियुक्त भएकी पराजुलीले त्यसबेला निकै विवादमा पनि परिन् । म्यानपावर व्यवसायीलाई नै ओमानको राजदूत दिन नमिल्ले चर्को वहश भए पछि अन्तत ः सो चर्चा सेलायो र उनी पुष्पकमल दाहालकै आर्शिवादबाट राजदूतमा टिकिरहिन् । पछि ओली नेतृत्वको सरकारमा पनि उनलाई राजदूत पदका लागि म्या थपिएको थियो ।

त्यसबेला पराजुलीलाई राजदूत बनाउन हुन्न भन्ने कांग्रेस निकट म्यानपावर व्यवसायी अहिले पुन पराजुली राजदूत नियुक्ति भएपछि हिस्स बुढी खिस्स दाँत भने जस्तै भएको छ । आफ्नै सत्ता हुँदा पनि आफैले विरोध गरेको व्यक्ति राजदूतमा सिफारिस भएपछि उनीहरुले वोकेको वीपीको समाजवादले हावा खाएको छ ।

वर्तमान सरकारले गरेको राजदूत को को निकट हुन् त ?

राजनीतितर्फ

१। विष्णुपुकार श्रेष्ठ(चीन ) प्रचण्ड निकट

२। दानबहादुर तामाङ (दक्षिण अफ्रिका) विगतमा एमाले पछि माओवादी प्रवेश

३। शर्मिला पराजुली ढकाल– स्पेन प्रचण्ड निकट

४। वासुदेव मिश्र (श्रीलंका) पम्फा भुसालका बहिनीज्वाइँ

५। मिलन तुलाधर(रूस) झलनाथ खनाल निकट

६। कैलाश पोखरेल (अस्ट्रेलिया) माधवकुमार नेपालका बहिनीज्वाइँ हुन् 

७। डिल्लीराज पौडेल (मलेसिया) रामचन्द्र पौडेलका नजिक

८। कान्ता रिजाल (इजरायल) कांग्रेस नेता शशांक कोइराला

९। ज्योति प्याकुरेल (दक्षिण कोरिया ) विश्वम्भर प्याकुरेलकी पत्नी

१०। रामसुरज राय यादव (डेनमार्क ) जसपा पुगेका

११। नवराज सुवेदी (साउदी अरब) माओवादी पार्टी हुँदै बाबुराम भट्टराईसँगै नयाँ शक्तिबाट जसपा पुगेका

१२। नरेशविक्रम ढकाल (कतार) एकीकृत समाजवादी र माओवादी केन्द्रको संयुक्त प्रस्ताव

कूटनीतितर्फ

१। घनश्याम भण्डारी– बंगलादेश

२। सुशीलकुमार लम्साल– इजिप्ट

३। भरतकुमार रेग्मी– भियना, राष्ट्रसंघीय स्थायी नियोग

४। निर्मलराज काफ्ले– ब्राजिल

५। दुर्गाबहादुर सुवेदी– जापान

६। तीर्थराज वाग्ले– म्यानमार

७। हरिश्चन्द्र घिमिरे– बहराइन

८। डोरनाथ अर्याल– ओमन