भीमदत्तमा लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौँ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ११ भुजेलाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्नेमा महेश गिरी, विष्णु पाठक र आशिष गिरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले २३ वर्षीय महेश गिरी, २१ वर्षीय विष्णु पाठक र २२ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको हो । पक्राउ परेकाको उनीहरुबाट १९ दशमलव ५ ग्राम चरेस, प्रि ग्याब्लिक क्याप्सुल ६ पिस र इन्ट्रिकफ ट्याब्लेट १४ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

पक्राउ परेका तीनै जनामाथि प्रहरीले थप अनुसन्धानको कार्य अघि बढाएको बताइएका छन् ।