राष्ट्र बैंकको उद्देश्यअनुसार जिम्मेवार पुरा नर्गदा गभर्नर अधिकारी निलम्बित

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ। गभर्नर अधिकारीलाई बिहीबार निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको छ ।

बिहीबारको बैठकमा मन्त्रिपरिषद्ले राष्ट्र बैंकको संवेदनशील सूचना चुहाएकाले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै उनलाई लम्बनमा पर्नुभएको मन्त्रिपरिषद्का एकजना सदस्यले बताएका छन् ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यी जाँचबुझ समिति गठन भइसकेको उनले बताइएका छन् । राष्ट्र बैंकका एकजना उच्च अधिकारीले पनि गभर्नर अधिकारी निलम्बनमा परेको र उनको जिम्मेवारी डेपुटी गभर्नर ढुंगानालाई दिइएको पुष्टि गरेका छन्।