नविन दृष्टिकोण सहित महानगरलाई वोली परिभाषामा नभई व्यववाहरमा परिवर्तन गर्ने, प्रा.डा.अमिता

काठमाडौँ । काठमाडौं महानगरकाको नेतृत्वको लागि हौसिएका अन्य उम्मेदवार भन्दा नविन दृष्टिकोण सहित महानगरलाइ वोली परिभाषामात्र नभइ व्यववाहरमा पनि परिवर्तन गर्रे प्राडा अमिता प्रधान शाक्यले बताएकी छन् । काठमाडौं महानगरको कोर सिटीका रैथाने प्राडा शाक्यका कतिपय समकालीन मित्रहरु अहिले काँग्रेस केन्द्रीय समितिमा महामन्त्री देखि केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका बताईन ।

आसन्न स्थानीय तह निर्वाचन अन्र्तगत शिक्षा र स्वास्थ्य जस्ता मानवीय मुलभूत आवश्यकतासंगै काठमाडौं महानगरमा व्याप्त फोहर मैलाको समुचित व्यवस्थापन देखि दिनहँ हुने गरेको ट्राफिक जाम खानेपानी र महिला मैत्री सार्वजनिक सवारी, पार्किङ्गसंगै सुशासन र विद्युतीय यातायात र कला संस्कृतिको सम्वर्द्धन तथा पुनर्जागरण लगायतको मुद्धा केन्द्रीत हुँदै एक ससक्त नारी हस्ताक्ष्ररको प्रतिनिधित्व गर्दै प्राडा अमिता प्रधान शाक्यले आसन्न स्थानीय तह निर्वाचन अन्र्तगत काठमाडौं महानगरको मेयरमा आफ्नो दावी प्रस्तुत गरकी छिन ।

स्थानीय तहमध्ये महत्वपूर्ण मानिने काठमाडौं महानगरपालिका प्रमुखका लागि पार्टीभित्र लबिङ तीव्र रहेकै अवस्थाकावीच पनि काठमाडौं महानगरका पूराना र नयाँ पुस्ताको सबै मतदाताको भावनालाइ सम्बोधन गर्न सक्छु भन्ने उच्च विस्वासका साथ पार्टीमा करिव दुइ दशक भन्दा लामो समय यता देखि गर्दै आएको योगदान संगै समृद्ध महानगरको सार्थक बनाउँन आफु लागि परेको बताउँछिन ।

नेपाल महिला संघको काठमाडौं महानगर समितिको सभापतिको महत्वपूर्ण जिम्मेवारी समेत सफलता पूर्वक निर्वाह गर्दै संगठन विस्तारका लागि व्यक्ति एक व्यक्तित्व अनेकको प्रारुपमा क्रियाशील हुँदै आइरहेकी प्राडा शाक्यले महानगरको लागि आवश्यक व्यक्तित्व हो भन्न कुनै धक मान्नु पर्ने अवस्था नरहेको बताइन ।

शाक्य स्ववियु सदस्य हुँदै नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको पूर्व केन्द्रीय सदस्यको राजनितिबाट खारिएकी व्यक्तित्व प्रष्ट वक्तामात्र नभइ चिकित्सा शिक्षा क्षेत्रमा समेत स्थापित नाम हो । जोस जाँगर सहित कोओर्डिनेसन, कोलाबोरेसन र कमित्मेन्टको फुयुजन अर्थात क्याची अवधारणा कार्यान्वयनको लागि आफ्नो दावी रहेको बताइन ।

कोओर्डिनेसन, कोलाबोरेसन कमित्मेन्ट पूर्वाधार बिकासका लागि राजनैतिक प्रतिवद्धता सहितको अनुसन्धान साझेदारसंगको सहकार्य र रोजगार , बातावरण र समग्रमा महानगरको हार्ट्लाइन यहाँको कलासंस्कृति संरक्षण भएको बताइन । काठमाडौं महानगरको नेतृत्वको लागि काँग्रेसवृतबाट पूर्वमन्त्रीदेखि वर्तमान उपमेयरका सम्मले दाबी गरिरहेका छन्। प्राडा प्रधान शाक्यको उम्मेदवारीको आकंक्षालाइ नेतृत्वगणले सकारात्मरुपमा हेरेकै कारण उनको उम्मेदवारको आकंक्षाले थप चर्चा पाएको हो ।