बालाजुको २२ धारामा विशेष मेला , हनुमान जयन्ती पनि मनाइदैँ

फोटो अनुप प्रधान

काठमाडौ । प्रत्येक वर्ष जस्तै यसपटक पनि राजधानीको बालाजु बाइसधारामा विशेष मेला लागेको छ । आजा चैत्र शुक्ल पुर्णिमा अर्थात बालाजु २२ धारामा मेला लागेकोे छ ।

काठमाडौ । प्रत्येक वर्ष जस्तै यसपटक पनि राजधानीको बालाजु बाइसधारामा विशेष मेला लागेको छ । आजा चैत्र शुक्ल पुर्णिमा अर्थात बालाजु २२ धारामा मेला लागेकोे छ ।

आज बाइसधारामा स्नान गर्दा विभिन्न रोगव्याध नास भई पुण्य प्राप्ति हुने र सुख, शान्ति तथा समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । त्यसैले चैत्र शुक्ल पुर्णिमा मेला भर्नेको घुइँचो लाग्ने गरेको स्थानीय बासिन्दहरुले बताएका छन् ।

२२ धारामा मेला भर्नेको घुइँचोलाई स्थानीय प्रहरी, क्लब तथा सामाजिक सङ्घसंस्थाले मे आवश्यक सहयोग तथा व्यवस्थापन गरिरहेका छन् । त्यस्तै त्यहाँ पुगेका भक्तजनमध्ये कतिपय जामाचोको डाँडामा अवस्थित चैत्यमा पुगेर रमाईलो गर्द पूजाअर्चनामा समेत सहभागी भएका छन ।

आजै हनुमान जयन्ती पनि मनाईदैछ । एकादश रुद्रमध्ये एघारौँहनुमानको रूप मान्निछ । आजको दिन हनुमानको पूजा र उपासना गरेमा रोग व्याधि शत्रु बाधा, राजा भय, प्राकृतिक शक्ति, पिचासी शक्ति, भूत, बोक्सी, बतास, खोला, आगो, राक्षसी शक्ति प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने जन विश्वास रहिआएको छ ।