गोरेटाको अभावमा गाउँले जीवन कष्टकर बन्दा पुनः निर्माण हुँदै

काठमाडौँ । बागलुङ जिल्लामा गोरेटोको बाटो निमार्ण हुने भएको छ । दश वर्षअघिसम्म बागलुङको काठेखोला गाउँपालिका २ भीमापोखराका सबै टोलमा गोरेटो बाटो थिए । अहिले गाउँमा सवारी चल्ने सडक विस्तारको लहर चल्यो मानिस र गाईवस्तु ओहोरदोहोर गर्ने गोरेटा बाटो मासिन थालेका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी मजदुरको प्रयोग गरेर वडाले गोरेटो बाटो निर्माण गरेको छ । यो कार्यक्रमको परिचालन गर्दा बेरोजगारको सूचीमा रहेका सबैले सहजै काम पनि गर्न सक्ने र परिणाम पनि राम्रो आएको वडाध्यक्ष शर्माको भनाइ रहेको छ ।

जिल्लाको विभिन्न ठाउमा बनेका सडक विस्तार होस् वा नयाँ बन्ने सडक किन नहुन् रु सबैको पहिलो प्रहार बन्यो, गोरेटो बाटो । थोरै भए पनि सार्वजनिक जग्गा पर्ने, पहिलैकै बाटो हुँदै सडक बनाउँदा सहज हुने र बिना स्टिमेट बन्ने सडकका लागि पहिलेकै गोरेटो पदप्रदर्शक बन्ने भएकाले धेरैले त्यसै गरेका छन् । तर अहिले तिनै गोरेटाको अभावमा गाउँले जीवन कष्टकर बन्दै गइरहेको स्थानीयले बताएका छन् ।

सडक सबैका घर, घरमा पुग्दैन । गाउँमा मेलापात होस् वा जन्ती र मलामी जाँदा होस् हिउँदमा हिलाम्मे र वर्षाको समयमा धुलाम्मे हुने सडकले अहिले पुराना गोरेटाको याद दिलाउँ बताउछन् । भीमापोखरामात्रै होइन, बागलुङ जिल्लाभर रहेका अधिकांश वडामा रहेको समस्या भएको हुदा गोरेटोबाटो मासिँदा गाउँले जीवन प्रभावित भएपछि भीमापोखराले मर्मत तथा निर्माणको अभियान थालेको बताएका छन् । पछिल्लो दुई वर्षमा चार किलोमिटर बढी गोरेटो बाटो मर्मत तथा निर्माण भइसकेको वडाले कार्यलयले जानकारी गराएका छन् । र्

हाम्रो वडाका सबै टोलमा गोरेटो बाटो पुगेको छ, अहिले मर्मत भएको गोरेटो बाटोले मेलापात ओहोरदोहोर गर्न सजिलो छ । स्थानीय सविना शर्माको भनाई रहेको छ । पहिलै मास्न हुन्थेन, अहिले भए पनि बनेका छन् । सडक बनाउँदा गोरेटो काटेर बनेका अग्ला कान्ला र माटो भरिएर बनेको भीमाका स्थानीयवासीले कष्टले यात्रा गर्ने गरेका थिए । अप्ठ्यारो छिचोलेर पुरानो गोरेटोमा पुग्दा मानिसको आवतजावत कम भएकाले गोरेटोमा जङ्गल भरिएको बताएका छन् ।

पहिले हामीले डहर भन्थ्यौँ, अहिले पदमार्ग भन्ने चलन छ, गोरेटो बाटो नहुँदा जनतालाई सास्ती भएको हामीले देखेका छौँ”, वडाध्यक्ष विद्यापति शर्माले भनेका छन् । सवारी कुद्ने सडकमात्रै सबै कुरा होइन भन्ने लाग्यो, हामीले धेरै गोरेटा बाटो मर्मत र पुनःनिर्माण गरेका बताए । सार्वजनिक खरिद ऐनमा कुनै नयाँ संरचना बनाउँदा बनिरहेका पुराना संरचना भत्किएमा नयाँ बन्ने योजनाले नै पुराना संरचना पुनःनिर्माण गर्नुपर्ने व्यवस्था छ । तर उपभोक्ता समितिमार्फत बन्ने सडक हुन् वा निर्माण व्यवसायीले बनाउने सडक, कसैले पनि गोरेटोमा ध्यान नदिएको बताएका छन् ।

सहरको जस्तो अवस्था गाउँमा हुँदैन, सबै कामका लागि सवारी प्रयोग हुन्छन् भन्ने छैन, पैदल हिँड्न सडकमा कठिन भएको स्थानीय शर्माको भनाई रहेको छ । मेलापात, जन्ती, मलामी, वल्लोगाउँ पल्लोगाउँ गर्ने बाटासमेत नभएकाले हामीले गोरेटो पुनःनिर्माण गर्न थालेका बताए । धमाधम टोलटोलमा गोरेटो बाटो मर्मत र निर्माणका काम हुन थालेपछि स्थानीयवासी हर्षित भएका छन् ।