सुन तोलामा १५ सय घट्यो

काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा १५ सयले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १५ सयले घटेर एक लाख ६ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुनको मूल्य भने प्रतितोला एक लाख एक सय रुपैयाँ कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन तोलामा १ लाख २ हजार र तेजावी सुन १ लाख १ सय ६ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी बजारमा आज सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। चाँदी तो्लामा ३५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जानकारी गराएको छ । मंगलबार चाँदी प्रतितोला १४२० रुपैयाँ मा कारोबार भएको थियो।