नारायणगढ कमलनगर चोकमा भीषण आगलागी

काठमाडौँ । चितवनको नारायणगढ बजारस्थित कमलनगर चोकमा भीषण आगलागी भएको छ । तुलसीराम सापकोटाको चार तले घरमा गए रातिदेखि लागेको आगो आज बिहान ७ बजे मात्र निभाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीका अनुसार दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको जानकारी दिएका छन् । रातीदेखिनै लागेको आगो प्रहरीले आज बिहान २ बजेमात्रै थाहा पाएको बताए ।

प्रहरीका अनुसार विष्णुप्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, वसन्त कार्कीको श्री कृष्ण सप्लायर्स, शङ्कर सापकोटाको जुत्ता पसल, वासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा आगलागीबाट क्षति पुगेको बताएको छ ।

आगो निभाउन भरतपुर महानगरपालिका र, खैरहनी नगरपालिकाका दुई दमकल र नेपाली सेनाको एउटा दमकल प्रयोग गरिएको थियो । आगो लागीबाट क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जानकारी गराइएको छ ।