ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ

काठमाडौँ । अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको हुँदा अछामको ढकारी गाउँपालिका १ का मानबहादुर बुढा, हिक्मतबहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएको हो ।

स्थानीय तपेन्द्र बुढालगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीले कार्यालय अछामले जानकारी गराएको छ ।

चक्कु प्रहार गरी घाइते भएकाहरुको स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । मानबहादुरको टाउको र ढाडमा चोट लागेको छ भने हिक्मतबहादुरको टाउको र हातखुट्टामा चोट लागेको छ, भने उनीहरुको अवस्था गम्भीर भएको जिल्ला अस्पतालले जानकारी गराएको छ ।

दुई समूहबीच ढुंगा हानहान हुँदा तपेन्द्र बुढाको समूहले चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ । तपेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ , भने अन्य फरार रहेका छन् ।