रसुवागढीको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अगाडि बढेको छ । आयोजनाको अधिकांश संरचना निर्माण भएपश्चात् उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ ।

राष्ट्रिय गौरवको जलविद्युत् आयोजना छिटो सम्पन्न गराउन कार्यरत प्राविधिक अहोरत्र खटिएका छन् । भूमिगत संरचनाबाट निर्माण भइरहेको रसुवागढी आयोजनाको विद्युत्गृहमा जडान हुने तीन टर्वाइनलगायत आवश्यक उपकरण जडानमा भोइथ इण्डिया संलग्न रहेको छ । गत पुसदेखि उक्त कम्पनीले उपकरण जडान थालेको हो ।

एक सय ११ मेगावाट क्षमताको आयोजनाका उपकरण जडान गर्न जिम्मा लिउको भोइथले दैनिक ४६ प्राविधिक परिचालन गरेको छ । प्रमुख ज्याख्वको अनुसार दैनिक १२ घण्टा काम हुने गरेको छ । उपकरण जडानको ४० प्रतिशत पूरा भइसकेको बताए ।

उपकरण जडान सम्पन्न गर्न अझै एक वर्ष लाग्ने रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख सत्यराम ज्याख्वले बताएका छन् । प्रमुख ज्याख्वको अनुसार विद्युत्गृह जाने भोटेकोसीस्थित तातोपानीमा पक्की पुलसमेत निर्माण गरी कटान रोक्ने काम अगाडि बढेको छ ।