चितवनमा अवैध लागूऔषध सहित एक जना पक्राउ

काठमाडौँ । चितवनको राप्ती नगरपालिका १ परेवाकोटबाट करिब ७० केजी अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका ३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजा रहेका छन् ।

उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले टोलीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको बताएका छन् ।