बागी उम्मेदवारी दिए कांग्रेसले पार्टीबाटै निष्कासन गर्ने

काठमाडौं । पार्टी नेतृत्वले गरेको निर्णय बमोजिम गठवन्धनलाई असर पर्ने गरी आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी(विद्रोही) उम्मेदवारी दिएकालागि नेपाली कांग्रेसले स्वत ः पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ ।

पार्टीले माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुसँग गठवन्धन गरी निर्वाचनमा भाग लिने निर्णय गरेपनि विभिन्न जिल्लामा पार्टी निर्णय विपरित उम्मेदवारी दर्ता गराएपछि आज बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता नलिए त्यस्ता उम्मेदवारलाई पार्टीबाट निष्कास गर्ने कांग्रेसले चेतावनी दिएको हो ।

नेपाली कांग्रेसमा मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु निर्देशान दिएको छ । तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने विज्ञप्तीमा उल्लेख गरेको छ ।