भोट माग्ने क्रममा बालिकामाथि यौन दुर्व्यवहार, माओवादीको नेता पक्राउ

काठमाडौँ । रसुवामा वैशाख ३० मा हुन गइरहेको स्थानीग तहको निर्वानमा भोट माग्ने क्रममा ११ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार भएको छ । बालीकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेकपा माओवादीको नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको कालिका गाउँपालिका ३ धारापानीका ३५ वर्षीय गणेश बिक रहेका छन्।

बिहीबार स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिँडेका माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बिकले बालिका एकलै रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडित बालिकाले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका बिक पक्राउ परेका हुन्।

बिकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कासीराम बुढाले बताएका छन् । शुक्रबार बिहान पीडित बालिकाको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।