राष्ट्र बैकका गर्भनरको निलम्वन पूर्ण रुपमा नै फुकुवा

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बन अव पूर्ण रुपमा फुकुवा भएको छ । सरकारले गैरकानूनी ढंगले आफूलाई निलम्वन गरेको भन्दै अधिकारी सर्वोच्च पुगेका थिए । सर्वोच्चले सरकारको निर्णयल कार्यान्वयन नगर्न आदेश दिएपछि अधिकारी राष्ट्र बैक फर्किएका थिइ ।

उनको रिटमाथि सुनुवाई गर्दै अघिल्लो हप्ता न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको थियो। यो आदेशलाई निरन्तरता दिने कि नदिने भनेर चैत १३ गतेदेखि न्यायाधीश सपनाप्रधान मल्ल र टंक मोक्तानको संयुक्त इजलासमा दुवैपक्षको बहस चलेको थियो।

दुवैपक्षको बहस सुनेपछि संयुक्त इजलासले अधिकारीको निलम्बन फुकुवा गर्ने पहिलेको अन्तरिम आदेशलाई निरन्तरता दिने सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।