कांग्रेसका साहसिक नेता जगन्नाथ पौडेल जसले उम्मेदवारी फिर्ता लिएनन्

चितवन । स्थानीय तहको निर्वाचनले कांग्रेसमा साहसिक राजनीतिज्ञहरु पनि छन् भन्ने कुराको पुष्टि गरिदिएको छ । नेतृत्व पंक्तिले सत्ता र पदका लागि कांग्रेसको अस्तित्व नै संकटमा पार्न लागेको भन्दै भरतपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका जगन्नाथ पौडेल अहिले कांग्रेसको साहासिक नेताका रुपमा चित्रित भएका छन् ।

चितवनको मेयर पद माओवादीलाई बुझाएको भन्दै रुष्ट भएका पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । ठाउँ ठाउँमा बागी उम्मेदवार उठेपछि कांग्रेसले उम्मेदवारी फिर्ता नलिए सदस्यता खारेज गर्नेसम्मको धम्की दिएको थियो ।

तर पाटीले गरेको गलत निर्णय विरुद्ध उभिएका पौडेलले आज आफ्नो उम्मेदवारी कायम राखेपछि उनलाई विभिन्न दलका कार्यकर्ताहरुले नै साहसिक नेताका रुपमा चर्चा गर्न थालेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपाकिलामा प्रमुख पदका माओवादीबाट रेणु दाहालले उम्मेदवारी दिए पनि त्यसकाविरुद्धमा पौडेलले उम्मेदवारी दिएका थिए।

कांग्रेसका केन्द्रदेखि जिल्लाका नेताहरुले गरेको आग्रहलाई अस्विकार गर्दै उनले निर्वाचन लड्ने बताएका छन्। जगन्नाथ पौडेललाई उम्मेदवारी गराउन गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री नै चितवन आएका थिए। केन्द्रका नेताहरुको बारम्बार फोन आए पनि पौडेलले त्यसलाई अस्विकार गरेर निर्वाचनमा होमिएका छन्।

अघिल्लो पटक नै माओवादीलाई मेयर दिँदा रुष्ट भएका चितवनका कांग्रेसी नेता(कार्यकर्ताले पौडेललाई उम्मेदवारीबाट पछि नहट्न बारम्बार प्रयास गरेका थिए। कार्यकर्ताको भावना विपरित नेतृत्वले निर्णय गरेको भन्दै उनले असन्तुष्ट पोखेका थिए।