सुनको मूल्य तोलामा ९९ हजार

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपियाँ कारोबार भएको छ । अघिल्लो दिन सुनको मुल्य तोलामा ९९ हजार २ सय रुपियाँमा कारोबार भएको थियो । पहेंलो धातु आज तोला २ सयले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य तोला ९८ हजार ५ सयमा कारोबार भएको छ । अघिल्लो दिन तोला ९८ हजार ७ सय थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबारको मूल्यका तुलनामा प्रतितोला २० ले घटेर १ हजार ३ सय रुपियाँमा आएको महासङ्घले जानकारी गराएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ८९६ डलरको आसपास कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाइएको छ ।