सिटी सफारी र ब्याट्री चोरी गर्ने तिनजना पक्राउ

काठमाडौँ । मोरङमा सिटी सफारी र ब्याट्री चोरीमा संलग्न रहेका अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ बस्ने २२ वर्षीय मोहमद जुमन, २२ वर्षीय पवन रविदास ३४ वर्षीय मोहमद अन्सारूल रहेका छन् ।

विराटनगर महानगरपालिका ६ स्थित रामपुर चौकमा को २ ह ३६१० नम्बरको अटो टेम्पोमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी लैजाँदै गरेको अवस्थामा उनीहरूलाई वडा प्रहरी कार्यालयकके विराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु माथी अनुसन्धानको क्रममा । वि .न .१ ह ००९३ र को १ ह ७८१८ नम्बरको सिटी सफारी समेत चोरी गरेको खुल्न आएको प्रहरीले बताएका छन् । तिनैजनालाई चोरीको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छन् ।