सत्ता गठबन्धनले स्थानीय चुनावी सभा गर्दै

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गर्दै आएका छन् ।

पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौँमा संयुक्त रुपमा स्थानीय चुनावी आमसभा गर्दैछ । आज दिउँसो १ बजे काठमाडौँको शान्तिबाटिकामा हुने सभामा गठबन्धनका शीर्षनेताहरुले सम्बोधन गर्ने भएको छ ।

सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ सवुजले जानकारी दिएका छन् ।