कञ्चनजङ्घामा एक भारतीय आरोहीको मृत्यु

काठमाडौं । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आरोहणका क्रममा एक भारतीय नागारीको मृत्यु भएको छ । बिहीबार राति चुचुरो नजिक पुगेका भारत महाराष्ट्रका आरोही ५२ वर्षीय नारायण इयरको ८ हजार २ सय मिटर नजिक मृत्यु भएको आयोजक कम्पनी पायोनियर एड्भेन्चर ट्रेकका प्रमुख पासाङ शेर्पाले जानकारी दिइएका छन् ।

हिमालको चुचुरो पुग्ने क्रममा शारीरिक शक्ति कमजोर भएपछि साथमा रहेका गाइडले आधार शिविर फर्काउन खोज्दा नमानेपछि आरोहीको हाइ अल्टिच्युड ुलेकु लागेर मृत्यु भएको शेर्पाले जानकारी दिइएका छन् ।

मृतकको शव आधारशिविर ल्याउने विषयमा छलफल सुरु भएको कम्पनीले जानकारी गराएको छ । आरोहणदलका अन्य सदस्यहरु मध्ये १९ जनाले सफल आरोहण गरी शुक्रबार साँझसम्म आधारशिविर फर्कने कम्पनीले जनाएको बताएका छन् ।