भक्तपुरमा निर्माणाधीन पक्की पुल भासियो

काठमाडौँ । केहीदिन देखि वर्षासँगै आएको बाढीले भक्तपुरको हनुमन्ते खोलामा निर्माणाधीन पक्की पुल भासिएको छ । मध्ययपुर थिमि ४ र सूर्यविनायक ५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको पुलको मध्यभागमा लच्किएको छ ।

पुलको निमार्ण कार्यमा ठेकेदारको लापरबाही र ढिलासुस्तीले पुलमा जहिल्यै समस्या आउने गरेको स्थानीयको भनाइ रहेको छ । उक्त पुललाई गत वर्षको बाढीले क्षति पुर्‍याएको बताएका छन् । यो क्षेत्रमा वर्षा र प्रि–मनसुनका बेला बाढीले हैरान पार्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।