धितोपत्र बजारमा नेप्से ३७ अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३७.०६ अङ्कले ओरालो लागेर २ हजार २३८.६२ अङ्कमा झरेको छ ।

कूल २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर रु एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७३ बराबरको कारोबार भएको छ । ठूला कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३४ अङ्कले ओरालो लागेर ४३२.५५ मा सीमित छ ।

नेप्सेका अनुसार बैंकिङ १६, व्यापार ४९.४९, होटल तथा पर्यटन ५९.१३, विकास बैंक ८८.४४, जलविद्युत् ६६.८१, वित्त ४८.१९, निर्जीवन बीमा २६५.४२, उतपादन ५६.२६, अन्य २०.२८, लघुवित्त ७३.३७, जीवन बीमा २६०.१५, सामूहिक लगानी कोष ०.१३ र लगानी १.६२ अङ्कले ओरालो लागेको जानकारी गराएको छ । कारोबार भएका कूल १३ वटा उपसमूहको शेयर नै ओरालो लागेको छ ।

कारोबारका भएका मध्ये ५ कम्पनीको मात्रै शेयर मूल्य उकालो लागेको छ भने १८८ कम्पनीको शेयर भने ओरालो लागेको देखिन्छ । थप कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । बिहीबारको कारोबारका आधारमा बजार पूँजीकरण रु ३१ खर्ब ८४ अर्ब ७६ करोड ९५ लाख २४ हजार ९४८ बराबर रहेको छ ।

कारोबारका एनआइसी एशिया बैंकले ६ करोड ७३ लाख ६१ हजार ६३६ बराबरको कारोबार गरेको छ । त्यस्तै , नबिल बैंक ४ करोड ५२ लाख नौ हजार ४०७, हिमालयन डिस्टिलरी ४ करोड ४४ लाख ६५ हजार १९०, सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड ४५ लाख ८७ हजार २३२ र अरुण भ्याली हाइड्रोपावर कम्पनी ४ करोड १२ लाख ५६ हजार ८३९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

घलेम्दी हाइड्रो पावर ६.८६, मैलुङखोला जलविद्युत् कम्पनी ६.८१, शिवश्री हाइड्रोपावर ६.६३, युनियन हाइड्रोपावर ६.५३ र ग्रीन भेञ्चर लिमिटेडका लगानीकर्ताले ६.३२ प्रतिशतले गुामएको छ ।

नेप्सेका अनुसार ओरालो लागेको बजारमा जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो । एनआइसी एशिया सेलेक्ट फण्ड १.८४, आरएमडिसी लघुवित्त १.२७, कालिका पावर कम्पनी ०.९८ र ङादी ग्रुप अफ पावरका लगानीकर्ताले ०.७१ प्रतिशतले कमाएको हो ।