बागलुङमा सडक सञ्जालले जोडियो बडिगाड

काठमडौँ । बागलुङ जिल्लामा सडक सञ्जालले जोडिएको छ, बडिगाड । पाँच वर्षअघिसम्म सवारीसाधन भेट्न पाँच घण्टा लामो यात्रा गरेर खर्वाङ पुग्ने समिर पुन अहिले आफ्नै घरबाटै सवारी चढ्ने बताउछन् । बागलुङको वडिगाड गाउँपालिका ३ सिसाखानीका स्थानीय पुनले घर छेवैमा पुगेको सडकमा गुडेका सवारी देख्न थालेको धेरै नभएको बताउछन् ।

सिसाखानीमा पुगेको सडकले पुन र उनका गाउँलेलाई निकै सघाएको छ । सिसाखानीका सबै टोलमा अहिले सडकको पहुँच छ । कच्ची सडकको पहुँच गाउँसम्म पुगेपछि गाउँले खुशी भउका छन् । मानिसहरू ओहोरदोहोरका लागि मात्रै होइन यहाँका सर्वसाधारणले खाद्यान्नलगायतका सामग्री गाउँ पु¥याउन निकै लामो समय सास्ती खेपे ।

घोडा, खच्चड र भरियाको भरमा गाउँमा खाद्यान्न तथा उपभोग्य समान पु¥याउने यहाँका सर्वसाधारण अहिले आफ्नै घरदैलोमा पिकअप भ्यान र ट्रयाक्टरबाट सामान झार्छन् । मूल्य सस्तो, समयको बचत, सडक आएपछि त निकै सजिलो भएको छ । यति छिट्टै सडक आउला भनेर नसोचिएको समिर पुनले बताएका छन् ।

वडिगाडका साविकका सात गाउँ विकास समितिलाई जोडेर बनेको हो । साविक जिल्ला विकास समिति र गाविस हुने बेला कठिन भूगोल रहेको बडिगाड ओझेलमा परेको हुँदा, स्थानीय तह गठनपछि गाउँपालिकाको नजर पुगेको सिसाखानीमा सडक सञ्जालको विकास निकै छोटो समयमा भएको स्थानीयवासी बताइएको छ ।

सडकको सहज पहुँचपछि मात्र अन्य विकासका गतिविधि सञ्चालनमा सहजता हुने भएकाले पालिकाको १० वटै वडा केन्द्रसँगै पालिका र केन्द्रसँगको सडक सञ्जाल जोडिएको बताइएको छ । वडिगाडका सिसाखानीसहित रणसिंहकिटेनी, दर्लिङलगायतका साविकका गाविसमा अहिले सडक सञ्जालले सहज बनाएको बताए ।