नेपाल र अमेरिकाबिच सहायता सम्झौतामा हस्ताक्षर

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाललाई उपलब्ध गराउने ७९ अर्ब ७१ करोड रुपियाँ ९६५ करोड ९० लाख अमेरिकी डलरको विकास सहायता सम्झौतामा हस्ताक्षर भएको छ । विकास लक्षित उक्त सम्झौतामा बिहीबार अर्थ मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग यूएसएआईडीका नेपाल निर्देशक सेपिदेह केयभन्सदले हस्ताक्षर गरेका छन् ।

सरकार, नागरिक समाज र निजी क्षेत्रको सहकार्यमा प्रजातान्त्रिक शासन प्रणाली, व्यवसायमुखी आर्थिक वृद्धिमार्फत दिगो विकासमा सहायताले सहयोग पु(याउने उल्लेख गरेको छ । पाँच वर्षका लागि उपलब्ध हुने यो सहायताले नेपाललाई मध्यम आय भएको मुलुकका स्तरोन्नति गर्न सहयोग पुराउने अपेक्षा गरिएको छ ।

बुधबार सरकारले विश्व बैङ्कले उपलब्ध गराउने १८ अर्ब ३० करोडको विकास ऋण नीतिमा पनि हस्ताक्षर गरेको छ । दुई दिनमै सरकारले १ खर्ब रुपियाँको विकास सहायता प्राप्त गर्ने निश्चित भएको हो । सम्पूर्ण लेखाङ्कन सरकारको रातो किताबमा हुने र सरकारी तथा गैरसरकारी कोषमार्फत पारदर्शी रूपमा खर्च हुने यो सहायताको जानकार िगराएको छ । सो सहायतामार्फत छनोट गरिएका परियोजना सम्बन्धित मन्त्रालयमार्फत सरकारको नियम तथा कानुनअन्तर्गत रहेर खर्च हुने स्पष्ट उल्लेख छ ।