मादक पदार्थ सेवन गरी श्रीमती कुटेर हिँडेका श्रीमान्‌को मृत्यु

काठमाडौँ । बर्दियामा मादक पदार्थ सेवन गरेी श्रीमतीलाई कुटेर बिहीबार राति घरबाट हिँडेका श्रीमान्‌को मृत्यु भएको छ । बढैयाताल गाउँपालिका ८ शितलाबजार बस्ने काजीमान तन्डुकारले बिहीबार राति श्रीमती वीरमायालाई कुटपिट गरेको प्रहरीले जानकारी गराएको छ ।

घरायासी झगडा हुदा कुटपिट गरी गम्भीर घाइते बनाई घरदेखि केही पर अचेत अवस्थामा तन्डुकार फेला परेको प्रहरी प्रवक्ता एवं डीएसपी प्रकाश सापकोटाले बताए । कुटपिटको घटना थाहा पाउनासाथ नजिकैको प्रहरी चौकीबाट खटिएको प्रहरीले खोजी गर्दा ताण्डुकारलाई अचेत अवस्थामा फेला पारेको बताए ।

कुटपिटबाट घाइते भएकी तण्डुकारकी श्रीमतीलाई उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज लगिएको उनले जानकारी दिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल गुलरियामा ल्याउने क्रममा बाटोमा मृत्यु भएको डीएसपी सापकोटाले बताए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकार िगराएको छ ।