सुनको मूल्य ९८ हजार ६००

काठमाडौँ । सुनको मूल्य तोलामा ९८ हजार छ सयमा कारोबार भएको छ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको थियो । पहेँलो धातुको मूल्य ६०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९८ हजार १०० मा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन तोलामा ९७ हजार ५०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ ले बढेर १ हजार २८५ पुगेको महासङ्घले जानकारी गराएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ८८३ डलरको आसपास कारोबार भइरहेको महासङ्घले जानकारी गराएको छ ।