पाँच दलीय गठबन्धनलाई जोगाएर लैजानु अहिलेको आवश्यकता : प्रधानमन्त्री देउवा

काठमाडौँ । स्थानीय निर्वाचन नजिकिदै गर्दा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचदलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित चुनावीसभालाई सम्बोधन गरेका छन् । प्रधानमन्त्री देउवाले चुनावी सभामा नागरिकतासम्बन्धी विधेयक पारित गरी नागरिकको समस्या समाधान गरिने बताएका छन् । देउवाले नागरिकता समस्या समाधानका लागि सरकारले नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गरी पारित गरिने बताए ।

नागरिकताको समस्या समाधानका लागि नागरिकतासम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्न हामीले खोज्यौँ । प्रधानमन्त्री देउवाले भने तर एमालेले गर्दै आएको संसद् अवरुद्धका कारण विधेयक पेस गर्न सकेका छैनौँ । यद्यपि अब बस्ने संसद्को बैठकमा विधेयक टेबल गरी पारित गरिने उनको भनाइ थियो । पाँच दलीय गठबन्धनलाई जोगाएर लैजानु अहिलेको आवश्यकता रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री देउवाले पार्टीको निर्देशन र गठबन्धनविरुद्ध जानेलाई तत्काल कारबाही गरिने बताइएका छन् ।

पार्टीका नेता कार्यकर्ता हामी सबै अनुशासनमा बस्नुपर्ने भन्दे चुनावमा पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी दिने, गठबन्धनलाई हराउन मद्दत गर्ने कुरा सह्य हुँदैन, त्यस्तालाई तत्काल कारबाही गर्ने बताएका छन् । गठबन्धनलाई जोगाई राख्नुपर्छ भन्ने पार्टीको महाधिवेशन र केन्द्रीय समितिको म्याडेन्डअनुसार गठबन्धन भएकाले यसविरुद्ध कसैलाई जाने छुट नभएको भनेका छन् ।

जनताले ठूलो लडाइँ र सङ्घर्ष गरेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई विगतमा कुल्चिने प्रयास भएकाले अझै पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।

सभामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगामी शक्तिविरुद्ध गठबन्धन भएकाले गठबन्धनलाई इमान्दारितापूर्वक जिताउनुपर्ने मा जोड दिइएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि र प्रतिगामीका विरुद्ध गठबन्धनलाई निरन्तरता दिनुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष यादवले गठबन्धन पक्षमा देशव्यापी रुपमा जनलहर बढ्दै गएको दाबीसमेत गरेका छन् ।

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारको सभापतित्वमा आयोजित सभामा नेपाली कांग्रेसका सहमहामन्त्रीद्वय भीष्मराज आङ्गदम्बे, महेन्द्र यादव, नेकपा माओवादी केन्द्र्रका मधेस प्रदेश इन्चार्ज गणेश साह, नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता तथा मधेस प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामसरोज यादव लगायतले राजनीतिक स्थायित्व र मुलुकको विकास, समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिइएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनका साझा उम्मेदवारविरुद्ध घात र अन्तरघात गर्नेलाई पार्टीले कारबाही गर्ने बताइएका छन् । घात र अन्तरघातले पार्टी र गठबन्धनलाई कमजोर बनाउँछ । वरिष्ठ नेता पौडेलको भनाई रहेको छ ।