गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौँ । सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदा करेन्ट लागेको हो ।

गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरुलाइ विजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे विस्तृत विवरण भने आएको छैन । रागेचौर प्रहरीकाअनुसार छतमा बसेकाहरुले विद्युतको तारले छुँदा घटना भएको जानकारी छ ।

उक्त घटनामा १० जना बढि घाइते भएका छन् । घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ । मृतकको पहिचान खुलीसकोको छैन ।