वडाध्यक्षलाई बधाई दिन जाद दुईको मृत्यु


काठमाडौँ । रसुवामा मोटरसाइकल दुर्घट हुँदा जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्घटनामा उत्तरगया गाउँपालिका १ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका १० को ४३ वर्षीया पम्फा तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुप्रदीप बस्यालले बताएका छन् ।

उनीहरु स्थानीय निर्वाचनमा उत्तरगया गाउँपालिका ४ का विजयी वडाध्यक्षको आफन्त भएकाले बधाई दिन जाने क्रममा उक्त मोटरसाइकल उत्तरगया ५ स्थित खाल्टेबगरमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बेत्रावतीबाट खाल्टेबगरतर्फ जाँदै गरेको बा ९६ ज २०९४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।