जबरजस्ती करणी गरेको अभियोगमा एक जान पक्राउ

काठमाडौँ । तनहुँमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका ६ बस्ने १९ वर्षीय रोशन मगर रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले किशोरीलाई सोही नगरपालिका ४ दुलेगौडास्थित होटल एण्ड लजमा बुधबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएका छन् । घटनन सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।