विवाद भएपछि रोकिएको भरतपुरको मतगणना सुरु

काठमाडौँ । छापको विषयमा विवाद हुँदा रोकिएको चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। मतगणना रोकिएपछि बसेको सर्वदलीय बैठकले स्वस्तिक छापको प्लस चिह्न मात्र देखिए पनि मत सदर गर्ने निर्णय गरेपछि पुनः मतगणना सुरु भएको छ ।

माओवादी केन्द्रका प्रतिनिधि गोपाल न्यौपानेका अनुसार सहमति अनुसार अब स्वस्तिक छापमा प्लस चिह्न देखिए मात्र मत सदर हुने बताए । स्वस्तिक चिह्नको प्लस देखिने गरी छाप लगाइएको भए सदर हुने र प्लससमेत नदेखिए बदर हुने सहमति भएको माओवादी प्रतिनिधि न्यौपानेले जानकारी दिएका छन् ।

भरतपुरमा मतगणना अवरुद्ध हुनुअघिसम्म ५१ सय ७७ मतगणना सकिएको छ। गठबन्धनको तर्फबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १८६६ मत ल्याउन सफल भएकी छन् । एमालेको तर्फबाट मेयर उम्मेदवार विजय सुवेदीले १८ सय १४ मत प्राप्त गरेका छन्, भने स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत ल्याउ न सफल भएको छ ।विवाद भएपछि रोकिएको भरतपुरको मतगणना सुरु