उपत्यकाको सबैभन्दा ठुलो नगरपालिका चन्द्रागिरिमा गठबन्धनको अग्रता

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो चन्द्रागिरि नगरपालिकामा गठबन्धनको अग्रता रहेको छ । चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरिको अग्रता कायमै रहेको छ ।

मत गणना भएको १९ हजार ५०० मतमध्ये गठबन्धनको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार गिरिले ८ हजार ८३० मत ल्याई अग्रस्थानमा रहेको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तमबहादुर राउतले ७ हजार १५० मत प्राप्त गरेको निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिइएका छन् ।

नगरपालिकामा उपप्रमुखबाट एमालेले अग्रता लिएको छ । एमालेका वसन्ती श्रेष्ठले ८ हजार १२८ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका रोशन दानीले २ हजार ८९ मत प्राप्त गरेका छन् ।

अहिलेसम्मा चन्द्रागिरिका ७ वटा वडाको मतगणना सम्पन्न भइसकेको निर्वाचन अधिकृत थपलियाले बताएका छन् । अहिले चन्द्रागिरिमा वडा नं ८, ९ र १० को मतगणना भइरहेको जानकारी दिए । कूल मतगणना भएका मतमध्ये नगरप्रमुखमा १ कूल ४७ हजार २६४ मतदाता रहेको चन्द्रागिरिमा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन कार्यालय चन्द्रागिरिले जानकारी दिइएको छ ।