धनुषामा गोली प्रहार, ११ जना पक्राउ

काठमाडौँ । धनुषाको नगराइन नगरपालिका ८ मा स्थानीय चुनावमा हार जितको विषयमा विवाद हुँदा गोली चलेको छ । काँग्रेस र एमाले समर्थक दाजुभाईको बिचमा विवाद हुँदा गोली चलेको हो ।

झगडामा संलग्न ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले बताएका छन् । क्षेत्रीका अनुसार घटनास्थलबाट २ वटा पेस्तोल बरामद गरेका र चुनाव हारतिजको विषमा राजिव पासवान, धर्मेन्द्र पासवान र श्रीनारायण पासवानको बीचमा विवाद भएको बताएका छन् ।

झगडा गर्नेहरु पारिवारिक सदस्य नै रहेका छन् । उनीहरुले ३ वटा पेस्तोल प्रदर्शन गरेका थिए । तर, प्रहरीले घटनास्थलबाट दुईवटा पेस्तोल बरामद गरेको छ । घटनास्थलमा फायर भएको एक राउण्ड गोलीको खोका भेटिएको डिएसपी क्षेत्रीले जानकारी दिए । आरोपीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जानकारी गराएको छ ।