हालसम्मा ४२० तहको मत परिणाम सार्वजनिक, काँग्रेसले १९३ र एमालेले १२० स्थानीय तहको प्रमुखमा बिजय

काठमाडौं । वैशाख ३० मा सम्पन्ना भएको स्थानीय तहको मतगणना कार्य भईरहेको छ । देशभरको ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि भएको निर्वाचन अन्तर्गत अधिकांशको मत परिणाम सार्वजनिक भएको छ । केही वाँकी स्थानीय तहको मतगणना जारी रहेको छ ।

हालसम्म ४२० वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले १ सय ९३ र नेकपा एमालेले १ सय २० स्थानीय तहको प्रमुखमा जीत हासिल गरेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रले पनि ८३ स्थानमा विजयी भएको छ, भने नेकपा एकीकृत समाजवादी अहिलेसम्म ७ स्थानमा निर्वाचित भएको छ ।

निर्वाचनमा स्वतन्त्रदलबाट ५ जना निर्वाचित भएका छन् । जनता समाजवादी ५, राष्ट्रिय जनमोर्चा ४ स्थान र राप्रपा २ स्थानमा विजयी हुँदा नेमकिपाले १ स्थानमा विजय हासिल गरेको छ । आज अवेरसम्ममा महानगर र उपमहानगरपालीकाको बाहेक मतदान सम्पन्न भएका स्थानको मतगणना सकिने आयोगले जानकारी गराएको छ ।