बसको ठक्करबाट प्रहरीसहित दुईको मृत्यु

काठमाडौँ । झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ पथरी–शनिश्चरे ८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई रहेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी धरमपुर सडक खण्डमा आज बिहान को १ ख ७१८७ नंको झुल्केदेवी यातायात बसले प्रदेश१–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएको छ ।

मृतक प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने जितुहाङ म्यादी प्रहरी हुन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।