१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

काठमाडौँ । झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेल रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक पटक करणी गरेको स्थानीयले बताएका छन् । बालिकामाथी पटक पटक करणी भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।