काठमाडौँ महानगरको वडा नं १८ मा एमालेका महर्जन विजय

काठमाडौ । पछिल्लो समय जारी गरेको मतपरिणामअनुसार वडा नम्बर १८ मा नेपाल कम्युनिष्ट पार्टी एमाले का न्हुछेकाजी महर्जन एक हजार २९३ मत प्राप्त गरी अध्यक्ष पदमा विजय भएका छन् ।

महर्जनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजन महर्जनले ७७१ मत प्राप्त गरेका छन् । त्यसैगरी वडा सदस्यमा एमालेकै तर्फबाट रचना शर्मा र हेमज्योती शाक्य विजयी भएको छ ।

महिला सदस्यमा हीराशोभा डङ्गोल विजय भएको छ, भने दलित महिला सदस्यमा यसअघि नै अम्बिका परियार निर्विरोध निर्वाचित भएको छ ।