बालयौन दुरुपयोग गरेको अभियोगमा दुई शिक्षक पक्राउ

काठमाडौं । बालयौन दुरुपयोग गरेको अभियोगमा २ जना शिक्षकलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ७ चाबहिलस्थित सेन्टलरेन्स कलेजमा कक्षा ११ मा अध्यनरत १८ वर्षीया र १७ वर्षीया छात्रालाई बालयौन दुरूपयोग गरेको अभियोगमा सोही कलेजका २ जना शिक्षकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका ७ मुलपानी घर भएका ५१ वर्षीय राजन पौडेल र कागेश्वरी नगरपालिका ८ गोठाटार बस्ने काभ्रे भुम्लु गाउँपालिका १ घर भएका ४७ वर्षीय जनार्दन अधिकारी रहेका छन् ।

चाबहिलस्थित सेन्टलरेन्स कलेजको शिक्षकहरूले छात्राहरूलई दुर्व्यवहार गरेको भन्दै कलेजका विद्यार्थीहरु भेलाजम्मा भई नाराजुलुस गरेका थिए । विद्यार्थीहरुले े नारावुलुस गरेपछि प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर बालयौन दुरुपयोग मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।