डिपोमा ट्याङ्करबाट तेल खनाउने क्रममा दुई ट्याङ्करमा आगलागी

काठमाडौँ । रुपन्देहीमा दुई वटा ट्याङ्करमा आगलागी भएको छ । रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएको ट्याङ्करमा आगलागी भएको हो।

डिपोमा ट्याङ्करबाट तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीले जानकारी दिएका छन् । प्रहरी नायब निरीक्षक डाँगीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्याङ्करबाट तेल खनाउने क्रममा आगलागी भएको हो।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएका छन्।