संयुक्त राष्ट्रसंघका महासचिवद्वारा अफगानिस्तानमा भएको आतङ्कवादी हमलाको निन्दा

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा भर्खरै भएको आतङ्कवादी आक्रमणको निन्दा गरेको छ । आक्रमणमा हजारा शिया समुदायका सदस्यहरू र अन्य नागरिकको ज्यान गएको थियो ।

ूमहासचिवले अफगानिस्तानको मजार ए शरीफ शहरमा यात्रुवाहक सवारी साधनहरू र काबुल शहरको मस्जिद शरीफ हजरत जकारिया मस्जिदलगायत भर्खरै भएका आक्रमणहरूको निन्दा गर्दै दुःख व्यक्त गरेको महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले विज्ञप्तिमार्फत सार्वजिनक गरेको छ । गुटेरेसले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

उनले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गरेको छ ।
महासचिवले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्र रूपमा आफ्नो धर्मको पालना गर्ने अधिकार सुनिश्चित गर्न पनि सबै पक्षहरूलाई आह्वान गरेका छन् ।

अफगानिस्तानमा तालिबान शासनको विरोध गर्दै आएको इस्लामिक स्टेट आईएस समूहले गरेको शृङ्खलाबद्ध बम आक्रमणबाट प्रभावित भएको बेला यो भनाइ सार्वजनिक भएको हो । काबुलमा बुधबार साँझको प्रार्थनाका क्रममा मस्जिदमा भएको विस्फोटमा कम्तीमा पाँच जना उपासकको मृत्यु हुनाको साथै अन्य १७ जना घाइते भएका थिए।

बुधबारको विष्फोटमा काबुलको प्रहरी जिल्ला पीडी ४ मा साँझको नमाजको क्रममा मस्जिदमा विस्फोट हुँदा कम्तिमा पाँच उपासकको मृत्यु भएको थियो । अन्य १७ जना घाइते भएका थिए। हजरत(ए(जेकरिया मस्जिदमा मानिसहरू प्रार्थना गरिरहेका बेला विस्फोट भएको थियो।