काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठक

काठमाडौँ । दोस्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित काठमाडौं महानगरपालिकाका पदाधिकारीहरुको पहिलो बैठक सुरु भएको छ ।

महानगरपालिकाको नवनिर्वाचित प्रमुख वालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलसहित ३२ वटा वडाका वडाअध्यक्ष र सदस्यहरु बैठकमा सहभागी भएका छन् ।