स्वदेशी उत्पादन र उद्योगलाई प्राथमिकता : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमा स्वदेशी उत्पादन र उद्योगलाई प्राथमिकता दिइएको बताएका छन् । अर्थ मन्त्रालयद्वारा सोमबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा शर्माले सो कुरा बताएका छन् ।

उद्योगमा निजी क्षेत्रको ७० प्रतिशतभन्दा बढी योगदान रहेको उनले बताए । अर्थमन्त्री शर्माले निजी क्षेत्रको उत्पादनलाई उत्साहित गर्नेगरी विभिन्न कार्यक्रम ल्याइएको जानकारी दिर्दै सिमेन्ट उद्योग र यसको निकासीको सम्भावना रहेकाले यसका लागि नगद, अनुदानको व्यवस्था गरिएको बताएका छन् ।

अर्थमन्त्री शर्माले पूर्वाधार निर्माणको काम सरकारले मात्र गर्न नसक्ने र यसका लागि निजी क्षेत्रलगायत सरोकरावाला सबैसँगको सहकार्य हुने बताएका छन् । जस्तै द्रूत मार्गको कुरा छ, सपना नै सही तर यथार्थमा निजगढमा एयरपोर्ट आवश्यकता त हो”, उनले भने छोटो समयमा सगरमाथा हेर्ने धेरैको इच्छा होला, यसका लागि आवश्यक पूर्वाधार निर्माण एवम् पर्यावरण विकासले अर्थतन्त्रको विकासमा टेवा पुग्छ ।

वार्षिक रोजगारी सिर्जना होस् भन्ने उद्देश्यमा केन्द्रीत छौं, अर्कोतिरबाट स–साना उद्यमहरु सञ्चालन गर्ने कुराले रोजगारी सिर्जना गर्न सक्छ” उनले भनेका छन् । पाँच खर्बको लघुवित्त कोष बनाइने र किसान र नयाँ पेशा, व्यवसायका लागि घरदैलोमा ऋण उपलब्ध गराइने उनले स्पष्ट पारे वित्तिय पहुँच सँगसँगै लघु बिमा र लघु वित्तलाई प्राथमिकता दिइने शर्माको भनाई रहेको छ ।

स्वदेशी उद्योग प्राथमिकतामा

देशमा उत्पादन हुने वस्तु स्वदेशमै उत्पादन र उपभोग गर्ने कार्यक्रम बजेटको प्राथमिकतामा परेको उनको भनाई छ । सरकारले पनि स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयमा आउने सेनिटाइजर, बिस्कुट, मासु सबै स्वेदशी उत्पादन नै हुनुपर्ने उनले बताएका छन् ।

“सरकारमा बस्ने हामीले प्रतिबद्धता कहिले गर्ने रु धागो, कपडा, कारखाना, बिजुलीलाई उत्साहित गर्न खोजिएको उनले बताए । बजेटमार्फत रबर उद्योग, तरकारीजस्ता स–साना घरेलु तथा साना स्वदेशी उद्योगलाई पनि प्रोत्साहन गर्नेगरी कार्यक्रम आएको बताएका छन् ।

सारमा अर्थतन्त्रको स्थिरता, वित्तिय क्षेत्रको परिचालन प्राथमिकतामा रहेको अर्थतन्त्र शर्माको भनाई रहेको छ । कृषि तथा अन्य उद्योग फर्म पनि ५० वर्षको हुनुपर्नेमा जोड दिएका छन् ।