सांसदहरुबिच राजस्व र व्ययको वार्षिकअनुमान माथि छलफल

काठमाडौँ । आजको राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ ।

सांसदहरुले बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि आआफ्ना धारणा राख्ने क्रम जारी रहेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज नै छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

उनले संसद्को दुबै सदनमा यही जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गरेका थिए ।