जातीय विभेदका कारण श्रीमतीलाई यातना

काठमाडौँ । पाल्पाको तानसेन नगरपालीका ९ दमकडाकी मोना क्षेत्री भुषालले बिगत ३ बर्षदेखी जातीय विभेदको सिकार बनीरहेकी छन् । उनले २०७४ फागुनमा दमकडाका ब्राहमण जातका अनुपम भुषालसँग प्रेम गरी मागी विवाह गरेकी थिइन ।

मोनाले विवाह गरेको केहि दिनबाटै क्षेत्री भएका कारण शारीरिक र मानसिक यातना सहदै आएकी छन् । उनले आखाभरी आशु पादै भनीन हिजो मैले प्रेम गरेको व्यक्ति होकी होइन छुट्याउन सकिन । कोभिडका कारण सासु आमाको ज्यान गयो । त्यतिखेर मलाई क्षत्रीको छोरी भएकै कारण छुट्टै कोठामा क्रिया गर्न लगाइयो । मैले पकाएको खाने त के कुरा छोएको समेत खानुभएन घर परिवारले ।’

आफुलाई अरुले जे गरेपनि माया गरेर विवाह गरेको श्रीमानबाट यस्तो आशा नगरेको उनले बताई । म क्षेत्रीकै छोरी भएको कारण विभेद गर्नुहुन्छ र दिनरात पिट्नुहुन्छ । कुटाई खाएर बस्नुभन्दा अब कानुनी उपचार खोज्न लागेकी छु, उनीले भनीन ।

श्रीमानको कुटाइ खान नसकेर क्षेत्रीले एक बर्षदेखी ३१ महिनाको छोरो लिएर पाल्पाको कैलाशनगर स्थित माइतमा बस्दै आएकी छन् । उनकी कान्छी सासु नेपाली कांग्रेसका नेता सिता भुषालले आफनो धर्म र संस्कार भुल्न नहुने भएकाले क्षेत्री या अन्य तल्लो जातका कोहीलाई पनि पुजाआजामा सामेल गर्न नसकिने भन्दै ठाडो प्रतिक्रिया दिए ।

उनले विवाह अगाडी यो सबै कुरा भनेर नै विवाह गरेको बताउँदै यसमा आफुहरुको कुलमा मिसाउन नमिल्ने जानाकारी दिए । क्षेत्रीका परिवारले धर्म र संस्कार जोगाउनपर्ने भन्दै आफुलाई कसैले केहि गर्न नसक्ने , चल्दै आएका परम्परालाइ मान्नुपर्ने बताउदै धर्म मान्दा विभेद हुन्छ भने केहि गर्न नसकिने भनी कानुनलाई नै चुनौती दिएका छन् ।

पाल्पाको बग्नासकाली गाउपालीका चिर्तुङधारा मैदानका पूर्णबहादुर श्रेष्ठलाई दलितसँग विवाह भएकै कारण घरमै आउन रोग लागाएका छन् । तानसेन नगरपालीका ९ दमकडाका वडा अध्यक्ष राजेशकुमार अर्यालले कुनैपनि व्यक्तिलाई जातकै कारण विभेद गर्न नमिल्ने बताएका छन् । उनले कोहि अन्यायमा पर्न नहुने भन्दै दुवै पक्षलाई राखेर मिलाउन कोशिस गरिने पनि बताए । पाल्पामा पछिल्लो समयमा यस्ता घटना कम हुन सकेको छैन ।