मेयर बालेन साह र सुनिता डङ्गोल पुगे सिसडोल

काठमाडौं । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल सिसडोलमा पुगेका छन् । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भएपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन् । मेयर शाहले फोहोर व्यवस्थापनलाई आफ्नो प्राथमिकतामा राखेर तयारी अगाडि बढाइरहेका छन् ।

फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न सिसडोल पुगेका मेयर साहले आफ्ना आइडिया सेयर गरेका छन् । उनले सुरुमा गन्ध हटाउनका लागि केमिकल ल्याउने बताएका छन् । फोहोरबाट इन्धन निकाल्नका लागि करिब ३–४ महिना लाग्ने हुँदा अब कुहिने फोहोरबाट मन बनाउने गरी योजना बनाएको बताएका छन् ।

कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि काठमाडौँका स्थानीयमा जनचेतना फैलाउने काम तत्कालै सुरु गरिने पनि बताएका छन् । साहले स्थानीयलाई तीन महिनाभित्र सडक बनाइसक्ने प्रतिबद्धता पनि व्यक्त गदै जसका लागि लिखित सम्झौता गर्न पनि आफू तयार रहेको उनको भनाइ रहेको छ ।


शाहले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका थिए । मन्त्री झाँक्री तथा मेयर शाह र उपमेयर डंगोलले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल गरेका थिए