सुनको मूल्य ९७ हजार ९ सय

काठमाडौँ । साताको पहिलो कारोबारको दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९ सयमा तोकिएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको थियो । पहेंलो धातु आज प्रतितोलामा ६०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोलामा ९७ हजार ४ सयमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोलामा ९८ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रुपयाँले घटेर १ हजार २ सय ७५ म तोकिएको महासङ्घले जानकारी गराएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ८ सय ५१ डलरको आसपास कारोबार भइरहेको सुुनचाँदी महासङ्घले जानकारी गराएको छ ।