चितवनमा जङ्गली जनावरको आक्रमणबाट २२ को मृत्यु

काठमाडौँ । चितवन जिल्लामा एक वर्षमा जङ्गली जनवारको आक्रमणबाटा २२ जनाको मुत्यु भएको छ । राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाले जङ्गली जनावरको आक्रमणबाट ज्यान गुमाएको छन् ।

चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ । बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । यस्तै गैँडाको आक्रमणबाट ६ र जङ्गली हात्तीको आक्रमणबाट ३ जनाको मृत्यु भएको अधिकारी तिवारीले जानकारी दिएका छन् ।