यमनका विद्रोही र सरकारका बीचमा दोस्रो चरणको वार्ता सुरु

काठमाडौँ । यमनको सरकार र यहाँका हुथी विद्रोहीका बीचमा दोस्रो चरणको वार्ता सुरु भएको छ । यमनको ताइज भन्ने स्थानमा यी दुई पक्षबिच वार्ताका लागि बैठक बसेको बताइएको छ ।

सरकार र हुथीहरुले पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको बताइएको थियो । त्यसको केही समयपछि आइतबारबाट यो दोस्रो चरणको वार्ता हुन लागेको हो । समाचारमा जानकारी भए अनुसार यहाँका बाटोहरु हुथी विद्रोहीहरुले बन्द गराएकामा ती बाटोहरु खुलेर वार्ताका लागि बसेको समाचारमा उल्लेख गरेको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्बर्गको विशेष उपस्थितिमा सो वार्ता हुन लागेको बताइएको छ ।

हुथी विद्रोहीहरुले कैयाँै वर्षदेखि हिंसा जारी राखेका छन् । जसका कारण यहाँका हजारौँ नागरिकको ज्यान गएको छ । यहाँकोे विद्रोहको राजनीतिक समाधान निकाल्नुपर्नेमा संयुक्त राष्टसंघले जोड दिँदै आएको छ ।