१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार‚ ७ जना पक्राउ

काठमाडौँ । बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । फेसबुकमा एक वर्षदेखि चिनजान भएका बैजनाथ गाउँपालिका ८ का १७ वर्षीय हेमराज थारुले आफ्नो जन्मदिन मनाउनका लागि भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत ७ जनाले बलात्कार गरेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताएका छन् । ।

प्रहरी न्यौपानेका अनुसार शनिबार राति र आइतबार छुट्टाछुट्टै स्थानमा किशोरीमाथि बलात्कार भएको अनुसन्धानमा खुलेको बताए । किशोरीलाई सुरुमा मानखोलाको जंगलमा ५ जना युवाले र पछि बैजनाथस्थित टहरामा लगेर दुई जना युवाले बलात्कार गरेको प्रहरीले जानकारी गराएको छ ।

‘बाँकेका डीएसपी न्यौपानेले भने, ‘अचेत अवस्थामा रहेकी किशोरीको अवस्था अहिले ठिक भए पनि उनलाई संस्थाको संरक्षणमा राखिएको छ । आइतबार साँझ एउटै बाइकमा किशोरीलाई घर पुर्‍याउन जाँदा ३ जना सवार भएकाले प्रहरीले खजुरामा चेकजाँच गर्दा किशोरीको अवस्था देखेपछि घटना पत्ता लागेको बताएका छन् ।

प्रहरीले अभियुक्तहरू हेमराज थारु, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । उनीहरूलाई खजुरास्थित धनौली प्रहरी चौकीमा राखि थप अनुसन्धान गरेको प्रहरी कार्यालयले जानकारी गराएको छ ।